

विश्वप्रकाश शर्मा करिब ४ हजार मतले अगाडि

झापा । झापा क्षेत्र नं. १ मा काग्रेस महामन्त्री विश्वप्रकाश शर्मा करिब ४ हजार मतले अघि रहेका छन् । अहिलेसम्म गणना गरिएको २० हजार १० मतमा शर्माले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।
पछिल्लो तथ्यांकअनुसार उनले १० हजार १६८ मत ल्याउँदा नेकपा एमालेका अग्नी खरेलले जम्मा ६ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् ।
शर्मा खरेलभन्दा ३ हजार ७७५ मतले अघि रहेका छन् ।