

रवि दोस्रो स्थानमा उक्लिए, एमालेसँग जम्मा सय मतको अन्तर, कांग्रेस उम्मेदवार पछि परे

चितवन – चितवन क्षेत्र नं. २ मा रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन् । अहिले बिहान ५ बजेतको मतगणनाअनुसार लामिछाने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलभन्दा जम्मा १०४ मतले पछि परेका छन् ।
प्रारम्भिक मतगणनामा पछि रहेका रविले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई पछाडि पारिसकेका छन् ।
पछिल्लो अपडेटअनुसार रविले २२२७ मत ल्याउँदा एमालेका पोखरेलले २३३१ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका श्रेष्ठ २०३६ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
चितवनको बजार क्षेत्रको मतगणना सुरुभएसँगै रविको मत बढ्दै गएको देखिएको छ ।