

विनोद चाैधरीकाे लगातार अग्रता, हृदयेशलाई उछिन्दै घन्टीका उम्मेदवार दोस्रो स्थानमा

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतगणनाअनुसार ६ हजार १ सय ७३ मतगणना हुँदा चौधरीले ३ हजार ३५८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३ हजार ५१ मत ल्याएका छन् । चाैधरी निकटतम प्रतिद्वन्द्वीभन्दा ३ सय ७ मतले अगाडी रहेका छन् । त्यस्तै हृदयेश त्रिपाठीले २ हजार ५६८ मत ल्याएका छन् ।
त्यस्तै घर चुनाव चिन्हले ८५५ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ५७१ मत ल्याएका छन् भने माइकले ३३२ र माछाले ६८ मत ल्याएका छन् ।
अहिलेसम्म उक्त क्षेत्रको ११ हजार ७४ मत गणना भइसकेको छ ।