कांग्रेस हुप्सेकोटले सार्वजनिक गर्यो १८ पृष्ठ लामो प्रतिबद्धता पत्र (पूर्णपाठसहित)

नमुना हुप्सेकोट बनाउने उम्मेदवारद्वय पाण्डे र रानाको योजना



नवलपुर – नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाले आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नवलपुरको नमुना गाउँपालिका बनाउने तयारीका साथ कांग्रेस हुप्सेकोटले निर्वाचन लक्षित घोषणा पत्र एवं प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

गत स्थानीय तह निर्वाचन पनि नेपाली कांग्रेसका प्रमुखले जित हात पारेको हुप्सेकोटलाई नमूना गाउँपालिका बनाउने लक्ष्यसाथ १८ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

यसपटक हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डे र उपाध्यक्षमा पूर्णसिंह रानाले उम्मेदवारी दिएका छन् ।