‘कांग्रेस उम्मेदवार पाण्डे र रानामाथि एमाले वडाध्यक्ष उम्मेदवार शेरपूजाकै नेतृत्वमा आक्रमण’

दोषीलाई कारबाही गर्न नवलपुर कांग्रेसको माग



हुप्सेकोट – नेपाली कांग्रेसबाट हुप्सेकोट गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारमाथिको भौतिक आक्रमणलाई नवलपुर कांग्रेसले भत्र्सना गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका हुप्सेकोट गाउँपालिका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपप्रमुखका उम्मेदवार पूर्णसिंह रानामाथि भएको भौतिक आक्रमणप्रति पार्टीले भत्र्सना गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको हो ।

पार्टी सभापति महेन्द्रध्वज जिसीद्वारा जारी विज्ञप्तिमा मंगलबार साँझ हुप्सेकोट–४ स्थित झ्यालबासको गाउँटोको चुनावी भेटघाट सकेर निवासतर्फ फर्कँदै गर्दा चोकचोकमा बसेका नेकपा एमालेका कार्यकर्ताहरुले कांग्रेस उम्मेदवारद्वय पाण्डे र रानामाथि आक्रमण गरेको जनाइएको छ ।

नेकपा एमालेका तर्फबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लालबहादुर शेरपूजाको नेतृत्वमा रहेका एमाले कार्यकर्ताहरुले उम्मेदवारद्वय पाण्डे र राना चढेको ग.३.च १६०६ गाडीलाई तोडफोड समेत गरेको जनाइएको छ ।

‘बाटो अवरोध गरी अध्यक्षका उम्मेदवार पाण्डेलाई निवास जान अवरोध गरेपछि आत्मरक्षाका लागि स्थानीय विरु कुमालको घरमा शरण लिन पुगेको अवस्थामा पनि निरन्तर आक्रमण गरेको÷गाडी जलाउने प्रयास जस्ता अभद्र अराजक कार्यप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

घटनामा परी उम्मेदवार पाण्डेलगायतका अन्य घाइते कालीगण्डकी अस्पतालमा उपचाररत रहेको पनि जनाइएको छ ।

कांग्रेस नवलपुरले घटनामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाहीका साथै भौतिक क्षतिको तुरुन्त क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेको छ ।

May be an image of text