सूर्या लाइफ इन्स्योरेन्सको ‘ह्याट्रिक’

'थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड-२०२१'का तीन अवार्डबाट सम्मानित



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड जितेको छ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’मा सूर्या लाइफले तीनवटा बिधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजीइन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इनलाइफ इन्स्योरेन्स इन्डस्ट्रिअफ नेपाल” अवार्ड हात पारेको हो ।

विश्वविख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थाएध्ऋ, क्ष्लमष्बल क्ष्लकतष्तगतभ या क्ष्लकगचबलअभ लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएकोहो । द्यक्ष्ःक्त्भ्ऋ मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काज्यूले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।

नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहबीच आयोजना गरिएको उक्त कार्यक्रममा पवनकुमार खड्काले नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकायबीमा समितिद्वारा निभाईएका अहम भुमिका र कदमहरुका बारेमा प्रस्ट्याएका थिए । नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमारहेको आवश्यक्ता र अवस्थाबारेमा प्रस्ट पारेका थिए ।

साथै बीमालाई प्रविधि मैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको  सहजउपयोग गर्न प्रविधिले ठुलो भुमिका खेल्ने बताए ।