विश्वभर संक्रमित १ करोड नाघे, ५ लाख भन्दा बढीको मृत्यु



काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा संक्रमित हुनेको संख्या १ करोड नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वका १ करोड ७२ हजार ५ सय ८२ जनामा कोरोना देखिएको छ ।

हालसम्म ५ लाख ६ सय ४ जनाले ज्यान गुमाइसकेको कोरोनाका कारण उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ८ सय ५६ पुगेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा पुगेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, रसिया र भारतमा रहेका छन् ।

हालसम्म अमेरिकामा २५ लाख ९५ हजार १ सय ३४ जना, ब्राजिलमा १३ लाख १५ हजार ९ सय ४१ जना र भारतमा ५ लाख २९ हजार ५ सय ७७ संक्रमित पुगेका छन् ।