यस्ता छन् लहानको विकासका लागि मेयर चौधरीले गरेका र गर्न बाँकी रहेका कामहरु (सूचीसहित)
लहान । लहान नगरपालिका मुलुककै सबैभन्दा ठूलो नगरपालिका हो । एउटा जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुँदा कति समयमा कति विकास हुने रहेछ भन्ने उदाहरण लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले देखाएका छन् ।
मेयरमा निर्वाचित भएदेखि नै लहानको विकासका लागि रातदिन खटिइरहने चौधरीले अन्य जनप्रतिनिधिहरुको पूर्ण सहयोगका साथ विकसित र पीडारहितको लहानको निर्माणमा उल्लेख्य काम गरेका छन् ।
विशेष गरी गरिबी, अशिक्षाका साथै स्वास्थ्य समस्या भोगेका लहानबासीको उज्जवल भविष्यका लागि मेयर चौधरी लागिरहेका छन् । उनकै नेतृत्वकालमा विभिन्न कार्य सम्पन्न भएका छन् भने आगामी आर्थिक वर्षका लागि पनि योजनाहरु सार्वजनिक गरेका छन् ।
२४ वटा वडा रहेका लहान नगरपालिकाको विकासका लागि उनले अहिलेसम्म गरेका ३८ काम र आगामी वर्षका लागि मुख्य १५ योजनाहरूका सूची यसप्रकार छन्ः
चौधरी निर्वाचित भएपछि भएका कामहरुः
१. जन्मदर्ता, मृत्युुदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस दस्तुर मिनाहा ।
२. मुसहर समुदायलाई क्रिया खर्च बापत ५ हजार नगद प्रदान ।
३. हरेक महिना २२ गते फरक फरक वडामा गर्भवती महिलालाई पोषणका खाद्यान्न वितरण ।
४. निःशुल्क एम्बुलेन्स सेवा सुरु ।
५. कृषि मिटर विद्युत शुल्क मिनाहा ।
६. विद्यालयमा एक कक्षा–एक शिक्षक व्यवस्था ।
७. विद्यालयमै विद्यार्थीलाई खाजा ।
८. वडा नं. १६, १० र १९ मा बर्थिङ्ग सेन्टर सुरु ।
९. वडा नं. ५, १६ र ११ मा स्वास्थ्य चौकी स्थापना ।
१०. आँखा शिविर सञ्चालन गरी १०९१ जनाको मोतिविन्दुको शल्यक्रिया र ७००० जनाको उपचार औषधी वितरण ।
११. वैदेशिक रोजगारबाट फर्केका ४० जनालाई स्वदेशमा रोजगारीका लागि प्रति व्यक्ति ५०/५० हजार नगद रुपैयाँ बीउ पूँजीको रुपमा उपलब्ध ।
१२. महिला समूह/सहकारीका २४ जना महिलालाई २५/२५ हजार रुपैयाँ व्यवसाय गर्न बीउ पूँजी सहयोग ।
१३. वडा नं. १५ र १२ का मुसहर समुदायलाई ५० वटा परिवारका लागि घर निर्माण ।
१४. वडा २०, २२ र १४ का ४७ मुसहर, गरिव, विपन्न परिवारलाई ४५/४५ हजारको दरले घरमा जस्तापाता लगाउन रकम हस्तान्तरण ।
१५. विद्यालय कर्मचारी (कास, लेखापाल), वालविकास शिक्षकलाई ८ हजारले तलब वृद्धि ।
१६. वडा नं. १० मा सुविधा सम्पन्न स्वास्थ्य ल्याब स्थापना
१७. एक आर्थिक वर्षभित्रै १५ किलोमिटर सडक आरसिसि/पिसिसि ढलान ।
१८. विभिन्न वडामा १४१ वटा ट्युवबेल र १८ वटा डिप बोर्डिङ्ग जडान ।
१९. विभिन्न ठाउँमा ७ वटा कल्भर्ट निर्माण ।
२०. आरसिसि र ईटाबाट ४४ सय मिटर नाला निर्माण ।
२१. विभिन्न वडामा विद्युतिकरणको लागि ४५० वटा पोल जडान ।
२२. किसानको आँपलाई ब्रान्डिङ्ग गरेर बजार प्रवर्धन ।
२३. विभिन्न ठाउँ र स्कुलमा ७४ वटा कोठा निर्माण ।
२४. नगरका ठाउँ ठाउँमा १३ किलोमिटर सडकमा ग्राभेल ।
२५. विद्यालयहरुमा २ हजार ८० मिटर पर्खाल निर्माण ।
२६. महिलाहरुलाई स्वरोजगार बनाउन सीपमूलक गुडिया बनाउने तालिम ।
२७. लैङ्गिक हिंसा कोष सञ्चालन गरि १० जना हिंसा पीडित प्रभावित महिलालाई १०/१० हजार आर्थिक सहयोग प्रदान ।
२८. गरिब, जेहेन्दार, दलित ५९ जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न १०/१० हजार छात्रवृति सहयोग ।
३०. एक सय जना किसानलाई औषधी छर्ने पम्पसेट र कोदालो वितरण ।
३१. ४० जना महिलाहरुलाई आयआर्जनमा जोड्न चप्पल, जुता बनाउने तालिम ।
३२. २२ जना किसानलाई कुटी काट्ने मेसिन वितरण, १० जना डेरी र मासु व्यवसायलाई डि फ्रिज सहयोग ।
३३. १० जना एकल महिलालाई आयआर्जन गर्न ब्राखा सहयोग र ५ वटा समुहमा उन्नतजातको बोका वितरण ।
३४. २० जना दुध बेच्ने पशुपालकलाई दुध बोक्ने भाडो वितरण
३५. ५० जना किसानलाई तरकारी खेती सम्बन्धी तालिम, विउ वितरण ।
३६. लहान १९ स्थित नौडेगामा १० घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण ।
३७. लहान वडा नं. १८ बासाजोडीमा ४ घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण ।
३८. लहान नगरपालिकाको ३८ वटा दलित बस्तिमा निःशूल्क ट्युशन कक्षा संचालन ।
आर्थिक वर्ष ०८०/०८१ मा गर्ने कामहरु
१. लहान नगर अस्पताल निर्माण प्रक्रिया सुरु ।
२. आर्यघाट निर्माण ।
३. दुर्गा मन्दिर निर्माण ।
४. राम मन्दिर निर्माण ।
५. लहान बजारमा रहेको नहरलाई ड्रेन बनाउन बजेट विनियोजन र प्रक्रिया सुरु ।
६. १० किलो मिटर सडक कालोपत्रे सुरु ।
७. २० किलो मिटर सडक पिसिसि गर्ने तयारी ।
८. ५ किलो मिटर सडक आरसिसि गर्ने तयारी ।
९. आधुनिक सपिङ्ग कम्पलेक्स निर्माण सुरु ।
१०. १००० जनालाई आँखा जाँच र उपचार गर्ने योजना ।
१२. एक विद्यालय एक कम्प्युटर वितरण गरिने ।
१३. युवाहरुलाई स्वरोजगार बनाउन बजेट विनियोजन ।
१४. किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिइने ।
१५. काभ्रे स्थानमा महादेव मन्दिर बनाउने ।