

सेनामा स्टाफ कलेजको प्रवेश परिक्षाको नतिजा प्रकाशित, यी ५४ ले निकाले नाम (नामसहित)

काठमाडौं । नेपाली सेनामा स्टाफ कलेजको परीक्षामा सहभागी हुने अधिकृतहरुको नतिजा सार्वजनिक भएको छ ।
सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सिंस. ३१ कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परिक्षामा सहभागीमध्ये ५४ जना अधिकृतहरु उर्तीण भएका छन् ।
स्टाफ कलेजले प्रकाशित गरेको सुचनामा सेनानी रुपक थापाको नाम पहिलो नम्बरमा प्रकाशित भएको छ । परीक्षामा दोस्रोमा अनिल थापा, तेस्रोमा दिनेशराज पौडेल, चौथोमा मनोज देउजा, पाँचौमा मनोज राउत र छैटौंमा हरिश शाहीको नाम प्रकाशित भएको छ ।
त्यस्तै स्टाफ कलेजमा सहसेनानीहरु कृष्ण तिवारी, सुमन विक्रम शाह, सन्तोष कुमार कठायत, सुदीप सुनार, सञ्जय तिमल्सिना, मोतिराम खत्री, अमर बाँनिया, राजकुमार थापा समेत उर्तीण हुन् सफल भएका छन् ।
सेनामा मेजरबाट प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) हुन् स्टाफ कलेज पास गर्नुपर्ने अनिवार्य नियम छ ।
उत्तीर्णहरूको नामावलीः