मेयर चौधरीको घोषणा, ‘सबै सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा पाइन्छ’
लहान । लहान नगरपालिकाले नगरभित्रका दुईवटा विद्यालयलाई बालमैत्री विद्यालयको परिकल्पनालाई सार्थक बनाउनका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरभित्र रहेका दलित, विपन्न र सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाले पनि निजी विद्यालयले जस्तै मोन्टेश्वरी शिक्षा हासिल गर्न पाउन् भन्ने उद्देश्यले ५/५ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको कुरा बताए ।
वडा १ का ज्ञान ज्योती आधारभूत विद्यालय र वडा ९ का मावि लहानगोठमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
उनले आगामी दिनमा नगरपालिकाले नगरभित्रका बाँकी रहेका ५९ विद्यालयहरुलाई यस किसिमको शैक्षिक सामाग्रीहरुको सहयोग गर्ने उद्देश्य रहेको पनि मेयर चौधरीले बताए ।
नगरबासीहरुलाई सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन्छ भन्ने विश्वास दिलाउँदै सम्पूर्ण अभिभावकलाई सरकारी विद्यालयमा बालबालिका पठाउन आह्वान समेत गरे ।