रोटरी फाउण्डेशन सिम्पोजियम तथा सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं । रोटरी इन्टरनेशनल जोन ६ अन्तर्गत द रोटरी फाउण्डेशनमा विशिष्ट योग्दान गर्ने नेपाल र भारतका रोटरियनहरुलाई सोमबार सम्मान गरिएको छ । यसका अतिरिक्त आम रोटरियनलाई रोटरी फाउण्डेशनमा योग्दानको आवश्यक्ताबारे महत्वबोध गराउने मर्मका साथ रोटरी फाउण्डेशन सिम्पोजियम समेत सम्पन्न भएको छ ।

रोटरी इन्टरनेशनल जोन ६ को पहिलो कार्यक्रमका रुपमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ लगायत भारतका ९ वटा डिस्ट्रिक्टको सहभागितामा सोमबार काठमाडौंमा उक्त रोटरी फाउण्डेशन सिम्पोजियम तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशनलका पूर्व अध्यक्ष एबं ट्रस्टी चेयर इयान रेस्ली रहेका थिए भने अन्य दुई सम्मानित अतिथिका रुपमा आरआई डाइरेक्टर ए एस वेनकटेश र पीआरआइडी ट्रस्टी डा भरत पाण्डया रहेका थिए । नेपाल र भारतका नौवटै डिस्ट्रिक्टका बिशिष्ट रोटरियनको उपस्थिति उक्त कार्यक्रममा रहेको थियो । कार्यक्रममा जोन ६ अन्र्तगतका दश डिस्ट्रिक्ट मध्येका ६ वटा डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नरको उपस्थिति रहेको थियो ।

रोटरीको मूल आधारका रुपमा रहेको फाउण्डेशनमा योग्दान गर्ने विधि, रकम र त्यसवाट गर्न सकिने समुदाय सेवाको बारेमा वृहत्तर अनुभवको आदान प्रदान अतिथि रोटरियन वक्ताहरुले गरेका थिए । जति धेरै मात्रामा फाउण्डेशनमा योग्दान भयो त्यति नै समुदायमा प्रभावकारी एवं दीगो परियोजना गर्न सकिने हुँदा आम रोटरियनलाई योग्दानका लागि उत्प्रेरणा जगाउन आवश्यक रहेको निष्कर्ष वक्ताहरुको थियो ।

No description available.

फाउण्डेशनमा योग्दान पुरयाएकालाई सम्मान गर्दा अरु रोटरियनलाई पनि योग्दानका लागि अभिप्रेरणा मिल्ने र प्रत्येक रोटरियनलाई फाउण्डेशनको महत्वबोध हुने हुँदा यस्ता खाले कार्यक्रमको बिशेष महत्व रहेको बताईएको थियो । कार्यक्रममा जोन ६ अन्र्तगतका दशवटै डिस्ट्रिक्टका आर्क क्लम्फ सोसाईटी मेम्बर, मेजर डोनर, पौल हेरिस सोसाईटी मेम्बर र अन्य दाताहरुलाई सम्मान गरिएको थियो ।

फाउण्डेशनमा किन योग्दान गर्ने, योगदान गर्दा के के हुन्छ भन्ने सन्दर्भमा कार्यक्रमका प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुले विस्तृत रुपमा आफ्ना अनुभव सुनाउँदै मार्गदर्शन गरेका थिए । प्रत्येक डिस्ट्रिक्टका गभर्नरहरुले आफना डिस्ट्रिक्टले रोटरी फाउण्डेशनमा योग्दानका लागि आफ्नो कार्यकालमा राखको लक्ष्य, समाजमा रोटरी फाउण्डेशनको सहयोग एवं क्लवको सहभागिताद्वारा भए गरेका सेवाका तथ्यांक र अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व रोटरी इन्टरनेशनल प्रेसिडेन्ट एबं ट्रस्टी चेयर इयान रेसलीले आफु रोटरी इन्टरनेशनलको अध्यक्ष हुँदा नै नेपाल आउन खोजेको तर स्वास्थ्य स्थिति खराब भएकोले तत्कालिन समयमा आउन असमर्थ भएको बताए । उनले फाउण्डेशनले विश्वका धेरै भूगौलमा आवश्यक सेवा पुरयाउन सफल भएको बताएका थिए । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले सवै सहभागीहरुलाई स्वागत गर्दै आफ्ना डिस्ट्रिक्टमा भएका क्रियाकलापबारे जानकारी गराएका थिए ।

No description available.

राजभण्डारीले फाण्डेशनप्रति आफ्नो डिस्ट्रिक्टको सहयोग र सदभाव सदैब रहने प्रतिवदता समेत सो अवसरमा व्यक्त गरेका थिए । कार्यक्रममा विचमा विचमा नेपाली सांस्कृतिक झाँकीहरु पनि देखाइएको थियो । भारतवाट आएका रोटरी नेतृत्व तथा अन्य विशिष्ट रोटरियन प्रतिनिधीले कार्यक्रमको कुशलतापूर्वक आयोजना एवं व्यवस्थापन गरेकोमा नेपाल रोटरीको प्रशंसा गर्दै आफुहरु नेपालको रोटरीले गरेको स्वागत तथा सम्मानवाट उत्साहित भएको बताएका थिए ।

कार्यक्रमको कन्भेनरका रुपमा पास्ट डिस्ट्रिक्ट गभर्नर एवं आरआरएफसी बासुदेव गोल्यान रहेका थिए भने सहजकर्ताका रुपमा पास्ट डिस्ट्रिक्ट गभर्नर तथा एआरआरएफसी सञ्जय गिरी रहेका थिए । डिस्ट्रिक्ट ३२९२ का इन्टरनेशनल सर्भिस कमिटिका चेयर मिथिलेश कुमार झाले कार्यक्रम संचालन गरेका थिए ।