कीर्तिपुरमा रोटरीद्वारा पोलियो र्‍यालीसहितको हेरिटेज वाकको आयोजना



काठमाडौं । रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटान र रोटरी क्लव अफ कीर्तिपुरको आयोजना र विभिन्न रोटरी तथा रोट्रयाक्ट क्लबको सहयोगमा सोमबार कीर्तिपुरमा पोलियो र्‍यालीसहितको कीर्तिपुर हेरिटेज वाकको आयोजना गरिएको छ ।

भारतका विभिन्न दश रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबाट आएका डिस्ट्रिक्ट गभर्नर, डिस्ट्रिक्ट गभर्नर इलेक्ट, बिशिष्ट रोटरियन अतिथि तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व गभर्नरहरु, डिस्ट्रिक्ट पदाधिकारी, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख, विभिन्न रोटरी तथा रोट्रयाक्ट क्लबका सदस्यहरुको उल्लेखनीय उपस्थितिमा सो र्‍यालीको आयोजना गरिएको रोटरी क्लव अफ कीर्तिपुरका अध्यक्ष पुष्पराज अधिकारीले बताए ।

पोलियो उन्मूलनको महत्वबारे बिशेष सन्देश प्रवाहका अतिरिक्त  कीर्तिपुर क्षेत्रको पूरातात्विक, धार्मिक तथा र्पटकीय क्षेत्रको संरक्षण, सम्बद्र्वन एवं प्रवर्द्धनमा मद्दत पुगोस् भन्ने ध्येयले  किर्तिपर हेरिटेज वाक सहितको सो पोलियो र्‍याली आयोजना गरिएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पोलियो प्लस कमिटका चेयर कौशल दासले बताए ।

र्‍याली कीर्तिपुर नगरपालिकावाट शुरु भएर बाघभैरब मन्दिर, उमा महेश्वरी मन्दिर, ल्याकु दरबार, चिलान्चो बिहार हुँदै जोशीनानी हेरिटेज होममा गएर सम्पन्न भएको थियो ।

उक्त अवसरमा पोलियो उन्मूलनमा रोटरीले पुर्याएको योग्दानको चर्चा गर्दै पाकिस्तान र अफगानिस्तानमा मात्र बाँकी रहेको भनिएको पोलियो अमेरिका, बेलायत र इजरायल जस्ता देशमा पछिल्लो समयमा देखिनुले पोलियो उन्मूलनमा रोटरीको अझ सशक्त एवं सार्थक हस्तक्षेपको खाँचो अझै बाँकी रहेको बताईएको थियो ।

विश्व पोलियोबाट खतरामुक्त नभइसकेकाले विश्वभरका रोटरियनहरुले पोलियो उन्मूलनको महाअभियानमा अझैपनि योग्दान गर्नुपर्ने आवश्यक्ता रहेको सो अवसरमा बक्ताहरुले उल्लेख गरेका थिए । पोलियो उन्मूलनको महाअभियानमा रोटरीले खेलेको रचनात्मक भूमिकालाई लिएर विश्वभरका रोटरियनले गौरब गर्दै आएको स्मरण गराउँदै पोलियोलाई पूर्ण रुपमा उन्मुलन गर्नका लागि आम रोटरियन फेरी एकचोटि सचेत र सजग बन्नुपर्ने समय आएको वक्ताहरुको धारणा थियो ।

पोलियो उन्मूलनलाई सफल बनाउन सवै रोटरियसँग बिशेष योग्दानका लागि अपिलसमेत  रोटरियन वक्ताहरुले सो अवसरमा गरेका थिए । कार्यक्रममा रोटरी रोटरी क्लव अफ कीर्तिपुरका अध्यक्ष पुष्पराज अधिकारीले क्लबले समुदायको आवश्यक्ताका आधारमा परियोजना सञ्चालन गर्दै आएको बताउँदै पोलियो र्‍यालीसहितको हेरिटेज वाकको अवसर प्रदान गरेकोमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र सहयोगी सवैप्रति आभार प्रकट गरेका थिए ।