

प्रहरीका कार्यालय सहायकदेखि आइजीसम्मले साउनदेखि कति पाउने भए तलब ? (सूचीसहित)

काठमाडौं । साउन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो ।
नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ ।
अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ ।
गत चैतमै यी पद थपिए पनि उनीहरूले पुरानै तलब पाउँदै आएका थिए ।
नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आइजी) र अतिरिक्त महानिरीक्षक (एआइजी) को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ । त्यस्तै सबैभन्दा कम तलब प्रहरी कार्यालय सहायकको २४ हजार ७ सय २ रुपैयाँ पुगेको छ ।