कर्मचारी संगठनद्वारा विशेष शिक्षा विद्यालयमा सहयोग



काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले शनिवार चन्द्रागिरी नगरपालिका वडा न १४ नैकापस्थित सिर्जनशिल अपाङ्ग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालयमा खाद्य तथा भौतिक सामाग्री हस्तान्तरण गरेको छ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा संगठनले सो सामाग्री हस्तान्तरण गरेको हो ।

अपाङगता भएका बालबालिकाको शिक्षाका लागि खोलिएको बिद्यालयका लागि थोरै भएपनि राहत होस् भन्ने हेतुले स्मृति दिबसका अवसरमा सो सहयोग हस्तान्तरण गरिएको संगठनले जनाएको छ । सो विद्यालय २०७३ सालदेखि सञ्चालनमा आएको हो ।

विविध कठिनाईका विचमापनि राज्य एवं बिभिन्न दाताहरुकै कारण आजको दिनसम्म विद्यालय संचालनमा रहेको विद्यालयकी संस्थाकी संस्थापक तथा हाल अध्यक्षसमेत रहेकी दुर्गा लम्सालले बताइन् । विद्यालयमा दृष्टिविहीन बाहेक अन्य प्रकारका अपाङ्गता भएका २३ जना बालिबालिका अध्ययनरत छन् । अपाङगता भएका बालबालिकाका अभिभावक विशेषत आमाहरुको पहलमा संस्था स्थापना भएको थियो ।

No description available.

बौद्विक अपाङ्गता लगायत अन्य अपाङगता भएका बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुनु नपरोस भन्ने हेतुले उनीहरुको अवस्था अनुसारको बिशेष शिक्षाको आवश्यक्ता बोध गर्दै संस्थाको स्थापना भएको लम्सालले बताईन् । ‘विभिन्न समयमा राज्यवाट सहयोग हुँदै नभएको त होइन तर जति र जुन मात्रामा हुनुपर्ने हो, त्यो भएको छैन, अध्यक्ष लम्सालले भनिन, बालबालिका एवं बिशेष शिक्षाको संवेदनशिलतालाई ध्यान राख्दै हुनुपर्ने सहयोग सहयोग नभएकै हो’, उनले भनिन् ।

स्थानीय, प्रदेश एवं संघीय सरकारले आगामी दिनमा अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने यस्ता बिशेष बिद्यालयलाई विशेष प्राथपिकतामा राख्न विद्यालयका शिक्षक तथा संचालकहरुले माग समेत गरेका छन् । दीर्घकालिन स्रोत नहुँदा आफुहरुले बेलाबेलामा आर्थिक कठिनाई भोग्नुपरेको संस्थाकी अध्यक्ष दुर्गा लम्सालले बताईन् ।

‘हामी अहिले भाडा तिरेर विद्यालय संचालन गरिरहेका छौं, अबको हाम्रो अपेक्षा राज्यले जग्गा उपलब्ध गराई देओस भन्ने हो, आफ्नै भवनमा संचालनमा आउन सके आर्थिक रुपमा ठूलो राहत मिल्ने थियो,’ लम्सालले भनिन्, ‘यसका यसका लागि पहल गरिदिन जनप्रतिनिधी एवं सरोकारवाला सबैसँग अपिल समेत गर्दछौं ।’