

सशस्त्र प्रहरीमा खुल्यो ६८ जनाका लागि जागिर (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्राविधिक समूहतर्फ रिक्त पदमा ६८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।
सशस्त्रको भर्ना छनौट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि भर्ना खुलाएको हो ।
सूचनामा उल्लेख भएअनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि आवेदन आह्वान गरिएको छ ।
निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ ।
सूचना: