नेतृत्व विकासले मात्र समृद्धिको मार्गचित्र कोर्न सक्छः उपप्रमुख राना

पर्वत । पैयूँ गाउँपालिका उपप्रमुख यामकुमारी रानाले गतिशिल नेतृत्वले मात्र कुनै पनि क्षेत्रमा सार्थक हस्तक्षेप गर्ने सामर्थ्य राख्न सक्ने बताएकी छन् ।

बिहीवार पैयूँ गाउँपालिका वडा नं. ५ ले आयोजना गरेको नेतृत्व बिकास, उद्घोषण तालिम तथा आधारभुत पत्रकारिता तालिमको समापन समारोहमा उपप्रमुख रानाले सक्षम नेतृत्वले विकास र समृद्धिको मार्गचित्र कोर्न सक्ने बताइन् ।

रानाले  नेतृत्व क्षमताको अभावमा नेपालका सीमान्तकृत समुदाय लामो समयसम्म अधिकारबिहिन बनाइएको पनि उल्लेख गरिन् । सामाजिक एवं आर्थिक रुपान्तरणमा ती समुदायको महत्त्वपूर्ण भुमिका हुँदा हुँदै पनि अधिकार उपभोगबाट बन्चित हुन पुगे । रानाले भनिन्, ‘यसका पछाडिको कारण भनेकै नेतृत्वको बिकास हुन नसक्नु हो ।’

समाज रूपान्तरणको सवालमा नेतृत्व विकासको सवाल अहम् हुने बताउँदै पैयूँ नेतृत्वको हिसाबले पछि परेको बताइन् ।

No description available.

राष्ट्रिय जीवनका अनेक क्षेत्रदेखि राजनीतिमा हस्तक्षेप गर्न सक्ने नेतृत्व दिन हामीले अझै सकिरहेका छैनौं, उनले भनिन्,  ‘त्यसैले पैयूँमा नेतृत्व बिकासका कार्यक्रम सबै वडामा बिस्तार गर्नुपर्छ ।’ रानाले बेला–बेलामा आयोजना हुने यस्ता तालिमले नागरिकको आत्मबिश्वास बढ्ने बताउँदै नागरिक सचेत भएमात्र गाउँ, समाज अनि रास्ट्र निर्माणको आधार तय हुन सक्ने बताइन् ।

आफ्नो राजनैतिक यात्राको शुरूवाती दिनलाई स्मरण गर्दै रानाले भनिन्, ‘अगाडी गएर जायज कुरा राख्न खोज्दा डर लाग्थ्यो, के बोले–बोले हुन्थ्यो ।’ निरन्तरको अभ्यासले नै कुनै पनि विषयमा निखार एवम् निपूर्णता ल्याउने बताउँदै रानाले तालिमबाट प्राप्त सिपलाई व्यबहारमा उतार्न सके मात्र सार्थकता हुने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *