नागरिकको सुख-दु:खमा स्थानीय सरकार साथमा छः उपप्रमुख राना



पैयूँ । पर्वतको पैँयूँ गाउंपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले कुनादेखि कोरासम्म कार्यक्रमले नागरिकको दुखसुखमा स्थानीय सरकार साथमा छ भन्ने सन्देशलाई स्थापित गर्ने बताएकी छन् । सो कार्यक्रमले नागरिकलाई थोरै भएपनि राहत एवं शान्तवना पुग्ने बिश्वास व्यक्त गरेकी छिन् । मंगलवार पैयूँ गाउंपालिकाको वडा न ३ बेउलीवास जन्मदर्ता तथा सुत्केरी भेट्घाट कार्यक्रममा उनले कुनादेखि कोरासम्म उपाध्यक्ष कार्यक्रमलाई सुत्केरी महिला, उनको परिवार तथा  नबजात शिशुकोलागि रचनात्मक कार्यक्रमका रुपमा अगाडि बढाउने बताईन् ।

कुनादेखि कोरासम्म कार्यक्रमले परिवारको सदस्यको मृत्युको कारण शोकमा रहनुभएका नागरिकसँग जनप्रतिनिधीको भेटले सो परिवारजनलाई सान्तवना मिल्ने रानाको भनाई थियो । थोरै भएपनि आर्थिक राहतसहितको कार्यक्रमले नागरिकको सुखदुखमा स्थानीय सरकार साथ छ भन्ने सन्देश प्रवाह हुने बिश्वास आफुले लिएको उपप्रमुख रानाको भनाई छ । नागरिकसँग कुनादेखि कोरासम्मको कार्यक्रम सवै वडामा लागु हुनेछ ।

मंगलबार बेउलीवासमा आयोजित कार्यक्रममा उपप्रमुख रानाले वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा नवजात शिशुको जन्मदर्ताको प्रमाणपत्र प्रदान गर्दै आफ्नो कार्यकालको सो कार्यक्रमको शुभारम्भ उक्त वडामा गरेकी हुन् । सुत्केरी महिलालाई प्रदान गरिने पोषण भत्ताले बच्चाहरुलाई पोषण तत्व खुवाउन प्रेरित गर्ने रानाले बताईन् ।

नेपाली समाजमा ड्राई फुड खाने चलनलाई निरुत्साहित गर्दै  घिउ,दुध लगायतका पोषणयुक्त खाने कुरा खान प्रोत्साहन गर्नका लागि आवश्यक जागरण फैलाउन पनि उपप्रमुख रानाले सो अवसरमा अपिल गरेकी थिइन् । एउटा स्वास्थ्य आमा र स्वास्थ्य बच्चा परिवार, समाज र राष्ट्र निर्माण पहिलो एबं बलियो आधार हो, रानाले भनिन, त्यसका लागि पोषणयुक्त खानेकुरा खाने तथा खुवाउनका लागि सन्देश प्रवाह गर्न पनि पोषण भत्ता कार्यक्रम उपलब्धिमुलक हुने बिश्वास आफुले लिएको उपप्रमुख रानाको भनाई थियो ।