आँबुखैरेनी नजिकको पहिरोमा कार र मोटरसाइकल परे, २ को मृत्यु, सवारी आवागमन ठप्प

तत्काल यातायात सञ्चालन नहुने भएका वैकल्पिक मार्ग प्रयोग गर्न सल्लाह



तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ।

घटनास्थलमा रहेका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोज कुमारका अनुसार सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ। तर उक्त शव कस्को हो भन्ने खुलेको छैन ।

साथै उक्त क्षेत्रमा कारको नम्बर प्लेट पनि फेला परेकोले कार पनि पहिरोमा परेको हुन सक्ने अनुमान छ। अहिले प्रहरीहरूले कारको खोजी जारी राखेका छन्। पहिरोमा परी पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ् आँबु खैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

‘२ शव फेला परेको छ,’ उनले भने, ‘शव कसको भन्ने खुलेको छैन। पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको कार पहिरोमा परेको हुन सक्ने अनुमान छ। मोटरसाइकल चालक भने हाम्फालेर बच्न सफल भएको जनाइएको छ ।

उक्त सडक खण्डमा गएको ठूलो पहिरोका कारण तत्काल यातायात सञ्चालनमा आउने देखिएको छैन । उक्त ठाउँमा वैकल्पिक मार्ग समेत नभएकोले अब आँबुखैरेनी मुग्लिनको सम्पर्क विच्छेद भएको छ । उक्त स्थानबाट यातायात सञ्चालनका लागि बेलीब्रिजको मात्रै सम्भावना रहेको जनाइएको छ ।

यससँगै ट्राफिक प्रहरीले मुग्लिङबाट पोखरा जाने सवारी साधनलाई मुग्लिङमै रोकिराखेको छ । केही सवारीले भने वैकल्पिक मार्गको रुपमा नारायणगढबाट कालीगण्डकी राजमार्गको बाटो प्रयोग गरे पनि उक्त खण्डमा पनि ठाउँठाउँमा सडक अवरुद्ध भएको जनाइएको छ ।