

अध्यक्षमा पराजित भएपछि गाउँमै छायाँ सरकार !
पराजयपछि बुलिङटार पूर्वअध्यक्ष बस्ताकोटीकै संयोजकत्वमा छायाँ सरकार गठन

बुलिङटार – पूर्वी नवलपुरको बुलिङटार गाउँपालिकाका पराजित अध्यक्ष उम्मेदवारले छायाँ सरकार गठन गरेका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा बुलिङटार गाउँपालिकामा अत्याधिक मतले विजयी भएर ५ वर्षसम्म बुलिङटारको सत्ता सम्हालेका बस्ताकोटीले नयाँ निर्वाचित जनप्रतिनिधि निर्वाचित भए लगत्तै अथवा हार ब्यहोरेलगत्तै छायाँ सरकार गठन गरेका हुन ।
कांग्रेस सांसद दामोदर बस्ताकोटीका पुत्र शशिकिरण बस्ताकोटी कांग्रेस नेता शशांक कोइरालाको बलमा यसपटक पनि गाउँपालिकामा दोहोरिने लक्ष्यसहित चुनावी मैदानमा होमिए पनि नेकपा एमालेका युवा उम्मेदवार दीपेन्द्र सुनारीसँग पराजित भएका थिए ।
बस्ताकोटीले आफ्नै संयोजकत्वमा उपाध्यक्ष, वडाध्यक्ष र पार्टीका पालिका सभापतिलाई सदस्यमा सम्मिलित गराउँदै छायाँ सरकार गठन गरेका छन् ।
बुलिङटारमा नेपाली कांग्रेसले उपाध्यक्षसहित ५ वडामा विजयी हासिल गरेको छ भने एमालेले अध्यक्ष र एउटा वडामा जित हात पारेको छ ।