रामपुर–चापाकोट जोड्ने कालीगण्डकीको पुल भत्कँदा ८ घाइते

रामपुर । कालीगण्डकीको पाल्पा-स्याङ्जा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन्।

स्याङ्जाको चापाकोट नगरपालिका-८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर र रामपुर पाल्पा जोडिने पक्की पुल आइतबार साँझ भत्किँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार निर्माणको क्रममा क्रेनले फलामको बिम जोड्ने काम भइरहँदा भत्किएको हो।

घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा हरिहरपुर(८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये राम निवास कुमार पटेल र धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । घाइतेहरुको अहिले तानसेनस्थित मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *