१४ किलोमिटर सडक शिलान्यास गर्न मुख्यमन्त्रीसहित ४ मन्त्री !



डेढगाउँ – मंगलबार पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिकाको डेढगाउँमा गण्डकी प्रदेश राजधानी पोखराबाट छिमेकी मुलुक भारतसँग जोड्ने सडकको शिलान्यास थियो ।

उत्तरी छिमेकी कोरोलादेखि दक्षिणी सिमाना सुस्ता जोड्ने सडकको नवलपुरको डेढगाउँ–झ्यालबास खण्डको १४ किलोमिटर सडकको शिलान्यासका लागि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली डेढगाउँ पुगेका थिए ।

जम्मा १४ किलोमिटर सडक खण्डको शिलान्यासका लागि गृहजिल्ला पुगेका मुख्यमन्त्री नेपालीको साथमा प्रदेशका अन्य ३ मन्त्री समेत साथै गएका थिए । उक्त योजनाको शिलान्यासका लागि मुख्यमन्त्रीसहित चार–चार जना मन्त्रीहरु सहभागी हुनु पक्कै पनि उक्त आयोजना प्रदेश गौरवकै आयोजना भएर होला !

उक्त सडक खण्डको मुख्यमन्त्री नेपाली र भौतिक पूर्वाधार विकासमन्त्री खड्कासहित पर्यटनमन्त्री मणिभद्र शर्मा र आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संयुक्त रुपमा बाटोको शिलान्यास गरेका हुन् ।

त्यस्तै शिलान्यास कार्यक्रममा नवलपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने विष्णु लामिछाने पनि सहभागी भएका थिए ।

May be an image of 6 people, people standing, flower and outdoors

शिलान्यास कार्यक्रममा बौंदीकालीका गाउँपालिका प्रमुख दुर्गाबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी प्रमुख लक्ष्मी पाण्डे पनि सहभागी भएकी थिइन् ।

उक्त सडक खण्डमा अहिलेको अवस्थामा ट्याक खुलिसकेको छ । डेढगाउँबाट झ्यालबाससम्मका लागि गण्डकी प्रदेशले ५१ करोड बजेट लाग्ने जनाएपनि पहिलोचरणमा ८ करोड रुपैयाँ बजेट विनियोजन भएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले उक्त अवसरमा जानकारी दिएका थिए । उक्त सडक खण्ड डेढगाउँबाट रकुवाको बेलभञ्ज्याङ हुँदै छेर्माकुनबाट रूचाङ, कुवाकोट हुँदै हुप्सेकोटको झ्यालबास पुग्ने जनाइएको छ ।

भीमाद–त्रिवेणीको ९४ किलोमिटर सडकमध्ये दुम्कीबासबाट त्रिवेणीसम्मको १५ किलोमिटर भने अहिलेसम्म ट्रयाक पनि खुलेको छैन ।

May be an image of 8 people, people standing and outdoors

मंगलबार शिलान्यास भएको सडक २ लेनमा विस्तार हुनेछ । कालोपत्रे सहितको चौडाई १० मिटर हुने पूर्वाधार कार्यालय नवलपुरका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । यसको कुल लागत ५१ करोड अनुमान छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भैसकेको उनले बताए ।

सडक शिलान्यासपछि मुख्यमन्त्री पोखरेलले लामो समयको अन्योल चिरेर विकासले गति लिएको बताए । ‘भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने भन्ने अन्योल थियो । हामीले डेढगाउँ–झ्यालवास रोजेर बजेट छुट्यायौं,’ उनी भन्छन्, ‘अब त शिलान्यास नै भएको छ । काम तीब्र गतिमा हुन्छ ।’ उनले नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाउने बताएका छन् ।

उक्त सडक अन्तर्गत कोरलादेखि पोखरा हुँदै भीमादसम्म भने निर्माण सम्पन्न भइसकेको अवस्था छ । अहिलेको अवस्थामा भिमाददेखि मानपुर हुँदै डेढगाउँसम्मको खण्डमा काम भइरहेको पनि जनाइएको छ ।

May be an image of 2 people, people standing, crowd and outdoors