

कोरोना हब बन्दै वालिङः दुई दिनमा ३२ को परिक्षण गर्दा २० मा संक्रमण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ । शुक्रबार र शनिबार दुई दिनमा ३२ जनाको परिक्षण गरिएकोमा २० जनालाई कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताए ।
नगरपालिकाका विभिन्न वडा अन्तर्गतका ३२ जनामा गरिएको एन्टीजेन परिक्षणमा ३२ जनाको नमुना लिइएकोमा २० जनाको परिक्षण गरिएकोमा ११ महिला र ९ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
नगरपालिकाका अनुसार ३ वर्षीय बालकदेखि ६० वर्षीय पुरुषसम्ममा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य शाखा प्रमुख पाण्डेका अनुसार वडा नं. २ का ४, ६ का ३, ८ का ८, ९ का १, १० का २, ११ का २, १३ का १ र वडा नं. १४का १ जनामा कोरोना पुष्टी भएको हो ।
त्यसैगरी लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण देखएिका छन । लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।
जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।