

देशभर २७२ कोरोनामुक्त हुँदा थप २३६ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै गत २४ घन्टामा २७२ जना कोरोना मुक्त भएका छन् ।
उपत्यकामा १२५ जना संक्रमित थपिएको जनाइएको छ ।
२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ११ हजार ५७९ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १८५ छ ।