

नेपालमा थपिए अर्का ओमिक्रोन संक्रमित

काठमाडौं । नेपालमा तेस्रो ओमिक्रोन संक्रमित पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एक ५८ वर्षीय पुरुषमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङका क्रममा नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् ।
उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।
यसअघि, बेलायतबाट नेपाल आएका एकजना विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि भएको थियो । हाल उनीहरू संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ओमिक्रोन संक्रमण पुरुषमा मात्रै देखिएको छ ।