

कांग्रेस नवलपुर जिल्ला सचिव घिमिरेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेस नवलपुरका जिल्ला सचिव एवं युवा नेतालाई बालकृष्ण घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्ला दिनमा अत्याधिक रुपमा बढ्दै गएको कोरोना संक्रमण बढेसँगै बुधबार बिहान पूर्वी नवलपुरका ९ जनामा संक्रमण पुष्टी भएको थियो ।
घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भएको पुष्टी गरेका छन् ।
घिमिरेले आफूलाई कोरोना संक्रमण पोजेटिभ देखिएकोले आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र एकान्तबासमा रहनका लागि आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसरी लेखेका छन्, ‘आज विहान प्राप्त सूचना अनुसार covid-19 को प्रभावबाट म अछुतो रहन सकिन । समाज सेवामा समर्पित रहदै गर्दा मेरो सम्पर्कमा आउनु भएका सबै साथीहरुलाई सुरक्षित साथ एकान्त वासमा रहनु हुन र यथाशीघ्र परीक्षण गराउनु हुन सादर अनुरोध छ । सबैको जयहोस् ।
तपाइहरुको माया र आशीर्वादले चाडै निको भएर फर्कने छु ।