

नेपालमा हालसम्म कोरोना संक्रमणबाट १७५ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ महिला र ९ पुरुषसहित ११ जना कोरोना संक्रमितको निधन भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा ३४ हजार ४ सय १८ जना संक्रमित पुष्टी भएका छन् ।