

बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
तनहुँ । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा मंगलबार बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए ।
जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।