

कालीगण्डकीमा पाैडी खेल्न गएका दुई किशाेर बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।
उनीहरु बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताए ।
चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए ।
बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।