अन्ततः कोरोनालाई जिते अमिताभले

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै उनका छोरा एवं नायक अभिषेक बच्चन आज डिस्चार्ज हुने भएका छन् ।

१२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको हो।

यद्यपि अमिताभको अझै दुई वटा टेस्ट गरिनेछ। ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

अमिताभका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि सोही अस्पतालमा भर्ना भएका छन् ।

One thought on "अन्ततः कोरोनालाई जिते अमिताभले"

  1. यहाँकाे सबै नजिजा जनताकाे पक्षमा आआेस् किन कि तपाईलाई नेपाली जनताकाे अघाद मायाछ । हामी सबै देशकाे पीडा भुलेर तपाईं बीच रम्न र जम्न चाहन्छाै । तपाईकाे सकल परिवारजनमा सुस्वास्थ्य दिर्घायुकाे कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *