

काठमाडाैं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टी

काठमाडौं । उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटका अनुसार काठमाडौं जिल्लाका ५ जना, ललितपुरका २ जना र भक्तपुरका २ जनामा कोरोना पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै अहिलेसम्म देशभर संक्रमित हुनेको जम्मा संख्या १८ हजार २ सय ४१ जना पुगेको छ ।
हालसम्म देशभरबाट १२ हजार ८ सय ४० जना डिस्चार्ज भएका छन् ।