

को–को हुन् त गण्डकी प्रदेशमा आजै नियुक्त भएका मुख्यमन्त्रीसहितका ५ मन्त्रीहरु ?

काठमाडौं । गण्डकी प्रदेशमा नवनियुक्त कृष्णचन्द्र नेपाली पोखरेलको सपथसँगै मन्त्रीमण्डल विस्तार भएको छ ।
नवलपुरबाट प्रत्यक्ष रुपमा निर्वाचित भएका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
शनिबार नै सपथ लिएका कुमार खड्का पनि कास्कीबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक प्रदेशसभा सदस्य भएका हुन् ।
त्यस्तै हरिशरण आचार्य तत्कालिन नयाँशक्ति पार्टी नेपालबाट गोरखाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् ।
त्यस्तै मधुमाया अधिकारी गुरुङ लम्जुङ जिल्लाबाट समानुपातिकमा प्रदेश सभा सदस्य भएकी हुन् ।
त्यस्तै अर्का मन्त्री राजीव गुरुङ अर्थात दीपक मनाङे स्वतन्त्र उम्मेदवारका हैसियतले मनाङबाट प्रत्यक्षरुपमा प्रदेश सभाका लागि निर्वाचित भएका हुन् ।