किशोरीसँगै जुवाको खालबाट समातिएका ६ जुवाडेविरुद्ध जबरजस्ती करणी मुद्दा



मकवानपुर – मकवानपुरको हेटांँडाबाट पक्राउ परेका ६ जना जुवाडेविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ। हेटौंडा–४ बैंक रोडस्थित एक घरबाट प्रहरीले मंगलबार पाँच जुवाडेलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा बुधबार अर्का एक जुवाडे पनि पक्राउ परेका थिए । जुवाको खालबाट किशोरी पनि पक्राउ परेकी थिइन् । उनीहरुले आफूलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप किशोरीले लगाएकी छन् ।

पक्राउ परेका ६ जना जुवाडेविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडाका ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट बुधबार १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।