मूल्यांकनमा गाउँपालिका अन्तिममा परेपछि वडाध्यक्ष कुमाल भन्छन्, ‘मलाई लज्जाबोध र आत्मग्लानी छ’

तनहुँ । जिल्लाले गरेको मूल्यांकनमा आफ्नो गाउँपालिका जिल्लाकै सबैभन्दा कम सूचांकमा परेकोप्रति एक वडाअध्यक्षले जनतासँग माफी माग्दै आगामी दिनमा राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तनहुँ जिल्लाले आफ्ना नगरपालिका र गाउँपालिकामा गरेको संस्थागत विकास सूचांकमा जिल्लामै सबैभन्दा कम अंक पाएपछि घिरिङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम कुमालले पदीय हिसाबले आफ्नो पनि जिम्मेवारी भएको भन्दै आलूलाई आत्मग्लानी र लज्जाबोध भएको जनाएका हुन् ।

वडाध्यक्ष कुमालले गाउँपालिका बासीका नाममा एक विज्ञप्ति जारी गर्दै जिल्लाको मूल्यांकनबाट गाउँपालिका बासी जनताहरुको शिर निहुरिएको बताउँदै आफूले पनि नैतिक जिम्मेवारी लिने बताएका छन् ।

कुमालले गाउँपालिका अध्यक्षप्रति लक्षित गर्दै अगाडि भनेका छन्, ‘घिरिङ गाउँपालिका स्थानीय सरकार सञ्चालन सुरु भएबाटै कर्मचारी नियुक्ति, योजना तर्जुमा, नीति निर्माण, जस्ता हरेक निर्णयमा राजनीतिक पूर्वाग्राही तवरले काम गरिनुले गाउँपालिका यस अवस्थामा आएको छ ।’

उनले अगाडि भनेका छन्, ‘गाउँपालिका अध्यक्षको निरंकुश प्रवृत्ति र एकल ढिपी र निर्णयको परिणामस्वरुप आज घिरिङ गाउँपालिकाको बेइज्जत भएको छ, यसर्थ स्थानीय तह स्वमूल्यांकनको नतिजाप्रति वडा नं. १ परिवार दुःख व्यक्त गर्दै आगामी दिनहरुमा यहाँहरुकोप्रति घिरिङ गाउँपालिका परिवारप्रति राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

कुमाल घिरिङ गाउँपालिका वडा नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *