बौंदीकालीमा थपिए ५९ संक्रमित, नरममा मात्रै ५२ जनामा संक्रमण पुष्टी

नवलपुर । नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौंदीकालीमा एन्टीजेन माध्यमबाट गरिएको परिक्षणमा ५९ पोजेटिभ देखिएको छ । बौंदीकाली गाउँपालिकाका वडा नं. ५ र ६ मा गरिएको परिक्षणमा १४५ जनाको एन्टीजेन परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

पछिल्ला दिनमा गाउँपालिका क्षेत्रभित्र कोरोना लक्षणसहितका बिरामी बढेको समाचार आएपछि गाउँपालिकाको पहलमा विभिन्न वडाहरुमा एन्टीजेन परिक्षण गरिँदै आएको थियो ।

यसै क्रममा वडा नं. ५ बबक र वडा नं. ६ नरममा गरिएको परिक्षणमा ५९ जनामा पोजेटिभ आएको जनाइएको छ । वडा नं. ५ बबकमा २ महिला र ५ पुरुषसहित ७ जनामा पोजेटिभ देखिएको छ भने वडा नं. ६ नरममा भने २४ महिला र २८ पुरुषमा एन्टीजेन पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।

हालसम्म बौंदीकालीमा दोस्रो चरणको कोभिड–१९ का कारण १०४ जना संक्रमित भएका छन् भते ती मध्ये २३ जना संक्रमणमुक्त भइसकेका छन् भने पछिल्ला थपिएका संक्रमित ५९ सहित ८१ जना सक्रिय संक्रमित रहेका छन् । ती सक्रिय संक्रमितहरु सबै होम आईसोलेसनमै बसिरहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि गाउँपालिकाले जनाएको छ ।

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *