लहान नगरपालिकाको सत्कर्मः शहीद विजयको परिवारलाई १ लाख राहत, श्रीमतीलाई रोजगार

लहान । मुलुककै ठूलो नगरपालिकाका रुपमा परिचित सिराहाको लहान नगरपालिकाकाले जेनजी आन्दोलनका क्रममा शहीद भएका विजय चौधरीको परिवारलाई १ लाख सहयोग दिर्ने निर्णय गरेको छ ।

नगरपालिकाको बैठकले उनको बालबालिकालाई १२ कक्षासम्म निःशुल्क अध्ययनका लागि मद्दत गर्नुका साथै उनकी श्रीमतीलाई योग्यता अनुसारको जागिर दिने निर्णय गरिएको पनि मेयर महेश चौधरीले जनाएका छन् ।

जनताको पीडामा हरबखत खटिइरहने मेयर चौधरीले शहीद विजयको परिवारले उनको अनुपस्थितिमा भोग्नुपर्ने पीडालाई केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने हेतुले उक्त निर्णय गरिएको जनाए ।

विजयको यही भदौ २३ र २४ गतेको आन्दोलनमा परि ज्यान गएको थियो । शहीद चाैधरीकी एक छोरी रहेकी छिन् । स्वर्गीय चाैधरी नगरपालिकाको वडा नं. १५ सिमरटोक्कीका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *