

प्रहरी जवान साहविरूद्ध जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी

विराटनगर । फेसबुकबाट चिनजान भएपछि विवाहको आश्वासन दिई एक किशोरीलाई धोका दिएको र जबरजस्ती शारीरिक सम्बन्ध राखेको आरोपमा एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।
विराटनगर महानगरपालिका-१५ का साह थरका प्रहरी जवानले १९ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाएर जेठ महिनादेखि फेसबुकमार्फत सम्पर्क गरेका थिए ।
पीडित किशोरीका अनुसार, साहले उनलाई विवाहको आश्वासन दिएपछि भेटघाट गर्न थालेका थिए। गत भदौ ७ गते साहले किशोरीलाई सुरुङ्गामा भेट्न बोलाए, जहाँ भेटपछि उनले किशोरीलाई रातको समय भएको कारण होटलमा बस्न आग्रह गरेका थिए ।
जाहेरीअनुसार उनले होटलमा राखेर किशोरीमाथि जबरजस्ती शारीरिक सम्बन्ध राखेका थिए।
इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टका अनुसार, किशोरीको किटानी जाहेरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया सुरु भएको छ । तर हालसम्म आरोपी प्रहरी जवानलाई पक्राउ गर्न कुनै आदेश जारी गरिएको छैन ।