मन्त्रीको सुरक्षामा खटिएका असई यादवको निधन

धनुषा । मधेश प्रदेश सरकारका गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेपछि उपचारका लागि लगिएका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो।

यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।

थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *