बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ



काठमाडौं । बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान, सिराहको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका हुन् ।

उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानले जानकारी दिए ।

‘एक महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौनसम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’

उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।