

प्रहरीले थप्यो इन्स्पेक्टर र असई माग संख्या, कति थपिए ?

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरिक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरिक्षक (असई) को माग संख्या बढाएको छ ।
प्रहरी प्रधान कार्यालयका भर्ना छनौट शाखाका अनुसार गत भदौ २५ गते प्रकाशित विज्ञापनमा थप हुने गरी १३ जना इन्स्पेक्टर र ६० जना असईको संख्या थप गरेको हो ।
यससँगै सो विज्ञापनअनुसार कुल ७७ जना इन्स्पेक्टर र ३१६ जना असई भर्ना गर्ने भएको छ ।