

हाँस्य कलाकार ‘मुन्द्रे’लाई मातृशोक

काठमाडौं । हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको आइतबार बिहान निधन भएको हो ।
योगमायाको ८९ वर्षमा निधन भएको उनकी नातिनी अनिता नेपालले जानकारी दिइन् ।
योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।