![](https://nabanepal.com/wp-content/uploads/2024/09/lahan_Jayakanta.gif)
![](https://nabanepal.com/wp-content/uploads/2023/04/suryajyoti-1.gif)
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिए सई खतिवडा
![](https://nabanepal.com/wp-content/uploads/2023/08/Police_Dead.jpg)
झापा । झापामा नेपाल प्रहरीका सहायक निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् ।
भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
पानी ट्यांकी भएको ठाउँमा जाने फलामे भर्याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनी आइतबार बिहान मृत फेला परेका हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घर भएका उनी हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्थे ।
इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।