३० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

रसुवा । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा तामाङ रहेका छन्।

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *