

आजदेखि फेरि बढ्यो पेट्रोलको मूल्य, घट्यो डिजेल र मट्टितेल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।
नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।