

खुमन अधिकारीले ल्याए ‘बाहुनको झोर्ले है’ (भिडियोसहित)

स्याङ्जा । चर्चित गायक खुमन अधिकारीले टिपिकल रोधी गीत ‘बाहुनको झोर्ले है’ बजारमा ल्याएका छन् ।
नेपाली मौलिक परम्पराको जगेर्नाका लागि सहयोग पुग्ने गरी चर्चित लोकगायीका प्रीति आलेसहितका अन्य कलाकारहरुको साथमा खुमनले नयाँ गीत सार्वजनिक गरेका हुन् ।
खुमन अधिकारी युटुब च्यानलबाट सार्वजनिक भएको गितमा चर्चित लोकदोहोरी गायिका प्रिती आले, श्याम राना, सुमन थापा मगर र अस्मिता रनपालको पनि स्वर रहेको छ ।
मिन दर्लामीको शब्द तथा भाका रहेको गीतमा कथा निर्देशन कमल भक्तको रहेको छ भने मौलिक तरिकाले परम्परा सम्झाउने गरी छायांकन गरिएको छ ।
पुराना टिपिकल रोधीहरु हराउँदै गएको समयमा खुमनले मौलिक टिपिकल गित बजारमा ल्याउनुलाई सकारात्मक रुपमा हेरिएको छ ।
गीत युटुबमा आएको केही दिनमा नै गीतलाई धेरै स्रोता तथा दर्शकको मन जितिरहेको छ ।
भिडियोः