रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा हाजिर, कसको इजलासमा हुँदैछ थुनछेक बहस ?



रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको बताए।

सुप्रिम सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध परेको मुद्दा न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा परेको छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश योगीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुने जनाइएको छ ।

लामिछाने अदालतमा हाजिर हुनका लागि मंगलबार नै रुपन्देही पुगेका थिए ।

त्यसअघि काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका आरोपमा ६० लाख धरौटीमा रिहा भएका थिए भने त्यसअघि उनलाई कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।