

डिएसपी चन्दले पाइन् काठमाडौं परिसर प्रवक्ताको जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डिएसपी)पूर्णिमाकुमारी चन्दलाई दिइएको छ ।
परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताएका छन् ।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर आज बुधबार मात्रै दज्र्यानी चिन्ह लगाएका थिए ।
त्यसपछि परिसरको प्रवक्ता खाली भएको थियो ।