

ड्युटीमै रहेका सहायक हवल्दार पालीले गुमाए ज्यान

डोटी । ड्युटीमै रहेका बखत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिकामा स्थायी घर भई डोटीको इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको ड्युटीमै रहेका बखत मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनी बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा थिए ।
ड्युटीमै भएको बेला एक्कासी छाति दुखेर बेहोस भएका पालीलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल हुँदै धनगढी पुर्याइए पनि अस्पताल लगेको केही बेरपछि उनको मृत्यु भएको जनाइएको छ ।