

बालुवाको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालबन्दीस्थित कोशी नदीको पोखरीको डिलमा खेल्ने क्रममा बालुवा र माटो सहितको ढिस्को झरेर सोही ठाउँ बस्ने बखत बहादुर राईको छोरा १४ वर्षीय प्रज्वल राईको शनिबार मृत्यु भएको छ ।
गम्भीर घाइते भएका प्रज्वलको बराहक्षेत्र नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उनका भाइ १० वर्षीय राजन
राईलाई सोही अस्पताल हुँदै थप उपचारको लागि घोपा अस्पताल धरान पठाईएको छ ।
त्यस्तै, पाल्पाको पूर्बखोला गाउँपालिका-४ बलीपोखरा छेबकुनस्थित बालुका खानीमा बालुवा खन्ने क्रममा ढिस्कोले पुरेर सोही ठाउँ बस्ने १३ वर्षीया पबित्रा सारूको र ३६ वर्षीया माया देबी सिंहको मृत्यु भएको छ ।
पबित्रा सारूको घटनास्थलमै तथा माया देबीको उपचारको लागि स्थानीय मेडिकलतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।