

चितुवाको छालासहित एक जना पक्राउ

मसनिसेरा – बझाङमा चितुवाको १ थान छालासहित एक जना पक्राउ परेका छन् ।
बुङ्गल नगरपालिका-८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छाला सहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।
चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।