

यी २ प्रहरी सहायक हवल्दार, जो परे ब्राउन सुगरसहित पक्राउ

काठमाडौं । ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ परेका छन् । जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेकाे हो।
उनीहरू करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरू दुवैजना नेपाल प्रहरीका सहायक हवल्दार हुन् । खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । उनले बयानको क्रममा कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन् ।
उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । दुवैजनाको मोबाइल जफत गरेर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरी स्रोत बताउँछ।